‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

काठमाडौं । बलिउड कलाकार सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सिद्धार्थ केही औषधी खाएर सुतेको भारतीय मिडियाले जनाएका छन् । उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’ को पछिल्लो सिजनको विजेता समेत बनेका थिए । धेरै टीभी सिरियलमा अभिनय गरेका सिद्धार्थ निकै चर्चित कलाकार हुन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -