भक्तपुरमा कांग्रेसको वडा तह अधिवेशन सुरु

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत स्थानीय पालिकाको वडा तहको अधिवेशन सुरु भएको हो ।

भक्तपुरका ४ स्थानीय तहका ३८ वटै वडामा वडा इकाइ कमिटीको कार्यसमिति र वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरुको लागि मनोनयन दर्ता आजै गर्ने र वडामा सर्वसम्मत नेतृत्व चयन नभए २१ गते आइतबार निर्वाचन हुने तालिका रहेको छ । भक्तपुरका ३८ वडाबाट वडा सभापतिसहित ९८८ जना जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ ।

भक्तपुरका ४ स्थानीय तहमध्ये भक्तपुर र सूर्यविनायकमा १०–१० तथा मध्यपुर थिमि र चाँगुनारायणमा ९–९ वटा वडा रहेका छन् । प्रत्येक वडामा १ सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव र १३ जना सदस्यसहित २० सदस्यीय कार्यसमिति अधिवेशनबाट निर्वाचित हुनेछ । कार्यसमितिको कोषाध्यक्ष भने इकाई सभापतिको प्रस्तावमा निर्वाचित सदस्यहरुमध्येबाट निर्वाचित गरिन्छ ।

भक्तपुरका ४ नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुर थिमिबाट वडा सभापतिसहित ३२४ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । जसमध्ये वडा नं १ बाट ३६, २ बाट १६, ३ बाट ३६, ४ बाट ६६, ५ बाट ४६, ६ बाट ४६, ७ बाट ३६, ८ बाट १६ र ९ बाट २६ जना प्रतिनिधि चयन हुनेछ । त्यसमा सबैभन्दा धेरै वडा नं. ४ बाट वडा सभापतिसहित ६६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ ।

भक्तपुर नगरपालिकामा सबैभन्दा कम क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । १० वटा वडामा प्रत्येकमा वडा सभापतिसहित १६ जना गरी कुल १६० जना प्रतिनिधि चयन हुनेछ ।

त्यसैगरी, सूर्यविनायक नगरपालिकामा वडा नं. १ मा २६, वडा नं. २ मा ३६, वडा नं. ३ मा २६, वडा नं. ४ मा २६, वडा नं. ५ मा ४६, वडा नं. ६ मा २६, वडा नं. ७ मा १६, वडा नं. ८ मा १६, वडा नं. ९ मा १६ र वडा नं. १० मा २६ गरी २६० जना प्रतिनिधि चयन हुनेछ ।

चाँगुनारायण नगरपालिकामा २४४ जना प्रतिनिधि चयन हुनेछ । वडा नं. १ मा ३६, वडा नं. २ मा १६, वडा नं. ३ मा २६, ४ मा २६, ५ मा ३६, ६ मा १६, ७ मा २६, ८ मा ३६ र ९ मा २६ जना छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -