१४ सय जनाको आँखा परीक्षण


भक्तपुर । ‘सेवा नै परम धर्म हो’ भन्ने मूलमन्त्रका साथ खुडकिलो नेपालको आयोजनामा रौतहत जिल्लाको विभिन्न स्थानमा बृहत् आँखा शिविरको आयोजना गरेको छ ।

रौतहतको स्नात नगरपालिका र राजपुर नगरपालिकाको संयुक्त सहयोगमा निःशुुल्क आँखा शिविर उद्घाटन स्नात नगरपालिकाका नगरप्रमुख सन्तोषकुमार मेहत्ता र राजपुर नगरपालिकाका नगरप्रमुख सकिल अब्टरले उद्घाटन गरेका थिए ।

स्थानीय समुदायलाई आँखाको उपचार एवं शल्यक्रिया सुविधासहित भाद्र २ गतेदेखि ९ गतेसम्म गरेको आँखा शिविरमा महिला, पुरुष र बालबालिका गरी १ हजार ४ सय जनाले आँखा उपचार गरेको खुडकिलो नेपालका कार्यक्रम संयोजक दिनेश नाय्जुले बताए ।

३ वर्षदेखि ९० वर्षसम्मका व्यक्तिहरुले स्वास्थ्य उपचार पाएको उक्त शिविरमा २ सय ८ जनाको निःशुल्क शल्यक्रिया गरेको समाजसेवी लक्ष्मण जोशीले जानकारी दिए ।

सुदर्शन आई केयर नर्सिङ्ग होम अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. हरिशचन्द्र झाको नेतृत्वमा १२ जना डाक्टरहरु संलग्न रहेको उक्त आँखा शिविरमा २५ जना स्वयंसेवकहरु परिचालन गरिएको कार्यक्रम संयोजक नाय्जुले बताए । शिविरमा निःशुल्क औषधी एवं चस्मा पनि वितरण गरेको थियो ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा डाक्टरहरुको सहयोग एवं स्थानीय सरकारको आयोजनामा निःशुल्क आँखा शिविर संचालन गरेको खुडकिलो नेपालका अध्यक्ष तारा साम्पाङ्ग राईले जानकारी दिए ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -