विराट गुथिको ५४औं साधारणसभा

भक्तपुर– भक्तपुरको ऐतिहासिक संस्था विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको ५४औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुथिका पूर्वअध्यक्ष एवं संस्थापक सदस्य नरेन्द्रभक्त हाडाले गरेका थिए ।

साधारणसभामा गुथिका सचिव पुष्पलाल तिमिलाद्वारा प्रस्तुत आ.व. २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०७८/७९ को आगामी कार्यक्रम तथा कोषाध्यक्ष रामगोपाल चगुथिद्वारा प्रस्तुत आ.व. २०७७/७८ को आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेका थिए ।

गुथिले आगामी कार्ययोजनाको रुपमा गुथिको भवन निर्माण गर्न बागमती प्रदेश सरकारबाट दश लाख सहयोग प्राप्त हुने जानकारी दिए । यसवर्ष भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको अवस्थामा भवन निर्माणका लागि आर्थिक सहयोगको अपेक्षासमेत गरिएको उक्त सभामा पुर्णोत्तम श्रेष्ठ र उमा श्रेष्ठले गुथिको भवन निर्माण गर्न रू. २५,०००।– आर्थिक सहयोग गरेका थिए ।

गुथिका पूर्वअध्यक्ष एवं साहित्यकारहरु डा. योगेन्द्र प्रधान, त्रिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, कृष्णभक्त बोडे र प्रदिप शाक्य उपस्थित रहेको कार्यक्रम विजेन्द्रवीर कर्माचार्यले स्वागत र बाबुकाजी सुवालले संचालन गरेका थिए । सभाले ६०औं विराट नेपालभाषा साहित्य सम्मेलन भव्य रुपमा गर्ने निर्णय पनि गरेको छ ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -