नेकपा एकीकृत समाजवादी भक्तपुरमा बस्नेत

भक्तपुर । तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ७७ सदस्यीय भक्तपुर जिल्ला संगठन कमिटी गठन गरेको छ ।

कमिटीमा प्रेमानन्दलाल श्रेष्ठ उपाध्यक्ष, पुरुषोत्तम लामिछाने सचिव र रामगोपाल चौगुठी उपसचिवमा चयन भएका छन् ।

नवगठित जिल्ला कमिटी सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, विनोद केसी, ज्ञानेन्द्र थापा, विष्णु कायस्थ, सुमन केसी, बलराम बमेगटि (मिजार), सञ्जीव लामिछाने, रीता अवाल, एमवी दुमरु, सर्वग्यरत्न बज्राचार्य, लक्ष्मीप्रसाद श्रेष्ठ, डा. राजेन्द्र कोजु, न्हुछे प्रजापति, कृष्णप्रसाद भेले, दिपकराज खत्री, केशव खत्री, नारायणबहादुर नायभा, वासुदेव खड्का, शान्ति खड्का, नवराज काफ्ले, निराकार भारती, मोहन पौडेल, बिष्णु गुमाजु, लोककृष्ण दाहाल, हेमन्त खड्का, ध्र्रुव न्यौपाने, केपी अर्याल, निरब थापा, विकास कार्की, उत्तम परियार, राजेशसिंह देउजा, पृथ्वीराम सुवाल, दिलीप केसी, सरस्वती घिमिरे, कमलप्रसाद न्यौपाने र दिपक थापा मनोनयन भएका छन् ।

यसैगरी नविनप्रकाश श्रेष्ठ, पुष्परत्न रञ्जित, पूर्णहरि श्रेष्ठ, अमर पौडेल, लक्ष्मी श्रेष्ठ, चन्द्रनारायण श्रेष्ठ, खुमानन्द ज्ञवाली, चन्द्रबहादुर तामाङ, सरिता खत्री, तेजकृष्ण श्रेष्ठ, राजन गोसाई, प्रदीप बस्नेत, केबी मगर, झपट भण्डारी, राजभाई जयना, श्याम श्रेष्ठ, बिष्णु सुवेदी, देवराज न्यौपाने, श्याम चौलागाई, माधव ज्ञवाली, दिनेश कार्की, लालबहादुर रोकाया, माधव ढकाल, सुशिला श्रेष्ठ, चित्रबहादुर अछामी, कविता चापागाईं, निर्माण पोखरेल, गोपीकृष्ण लामिछाने, तर्कबहादुर शाही, दिलीप बस्नेत, गोविन्द न्यौपाने, रामबहादुर कार्की, छन्द निरौला, कृष्णभक्त पा श्रेष्ठ र रचना लाखेमरु जिल्ला कमिटी सदस्य चयन भएका छन् ।

नवगठित जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुलाई नेकपा (एकीकृत समाजवादी) का नेता एवं वाग्मती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले शपथ गराएका हुन् । नेकपा एमालेमा हुँदा माधवकुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटीको आधारमा नै नेकपा एकीकृत समाजवादीको जिल्ला संगठन कमिटी गठन भएको छ ।

नवगठित जिल्ला कमिटी अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थितिलाई बलियो बनाइने जानकारी दिए ।

अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने जानकारी दिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -