अमोघवीरलाई १६ वडाको बधाई

ललितपुर । संसार अनलाईन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई ललितपुर महानगरपालिका वडा १६ ले सम्मान गरेको छ ।

ललितपुर महानगरपालिका १६ वडा बूबहाः निवासी गायक बज्राचार्यलाई खादा ओढाइ बधाई पत्र दिई सम्मान गर्दै वडाअध्यक्ष निर्मल रत्न शाक्यले वडाका कलाकारहरुले दिएको उत्साहले सम्पूर्ण वडा नै उत्साहित भएको बताए । यही उत्साह र खुशी दिने कलाकारहरुलाई वडाले औपचारिक रुपमा शुभकामना बधाई दिने परम्पराको थालनी गरेको उनले बताए ।

वडा १६ का कलाकारहरुलाई ध्यानमा राखी कलाकार समिति पनि बनाएको वडाअध्यक्ष शाक्यले बताए । कलाकारले समाजका लागि गरेको योगदान तथा आफू जन्मिएको स्थानको गौरव बढाएको हुन्छ । त्यसैले कलाकारहरुको मान राख्नु सबैको कर्तब्य रहेको उल्लेख गर्नुहुँदै कला क्षेत्र विकासमा स्थानीय तहको पनि योगदान होस् भनी समिति निर्माण गरेको उनले बताए ।

कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले फस्ट रनरअप बज्राचार्यलाई बधाई दिँदै कलाकारको सफलतालाई वडाकै सफलता मानी मान दिने यो परम्पराको थालनीले कलाकारहरु खुशी हुने उल्लेख गर्दै येँयाः (इन्द्रजात्रा) को अवसरमा ललितपुरको नागबहालमा आयोजना गर्ने सांगीतिक, सांस्कृतिक कार्यक्रममा समितिको अन्य कार्यक्रम उद्घोष हुने बताए ।

पुरस्कृत एवं सम्मानित कलाकार बज्राचार्यले वडा एवं कलाकार समितिले यसरी कार्यक्रम नै आयोजना गरी आफूलाई दिएको बधाईले अझ बढी जिम्मेवारीबोध गराएको बताए ।

१६ वडाका अमोघवीरले द्वितीय पुरस्कार जितेको यस प्रतिस्पर्धामा इलामका आश्विन प्रधान प्रथम तथा आश्रय रञ्जित तृतीय भएको थियो भने १६ बर्षभन्दा मुनिका प्रतिस्पर्धीमा प्राप्ति तामाङ प्रथम, रितु श्रेष्ठ द्वितीय तथा झरना खनाल तृतीय भएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -