संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम

भक्तपुर । संचित बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ । संस्थाको शिक्षा उपसमितिले उद्घोषण तथा वाक कलासम्बन्धी प्रशिक्षण तालिम दिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरी क्षमता विकास तालिम आयोजना गरेको जनाए । ’कोही पनि व्यक्ति सबै क्षेत्रमा निपूर्ण हुँदैनन् । क्रमिक रूपमा आवश्यकता बमोजिम क्षमता विकास गर्दै लानुपर्छ,’ अध्यक्ष खर्बुजाले भने । तालिमले सार्वजनिक रूपमा बोल्न नसक्ने प्रशिक्षार्थीहरूको सिलसिला मिलाएर बोल्ने शैलीको विकास भएको उनले बताए ।

भुलांचास्थित संस्थाको आफ्नै भवनमा भदौ चौंथो हप्तादेखि आयोजित कार्यक्रममा सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएका थिए । तालिमलाई ईन्दिरा प्रजापतिले संयोजन गरेकी हुन् । क्षमता अभिवृद्धि तालिममा विभिन्न पेसा र व्यवसायमा आबद्ध सहकारीका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

२०६६ सालमा स्थापना भएको संस्थाले वित्तीय सुशासनलाई ध्यान दिँदै सामाजिक उत्तरदायित्वसमेत पूरा गर्दै आएको छ । देशमा कोभिड–१९ को महामारी फैलिएको बखत भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट र स्वास्थ्य क्षेत्र विकास गर्न आह्वान गरेको कोषमा संस्थाले एक लाख रुपैयाँ नगद सहयोग गरेका थिए । जिल्लाकै उत्कृष्ट दस सहकारीहरूको सूचीमा सूचीकृत गराउन सफल संस्थाले आ.व. २०७७/०७८ मा ५६ करोड रुपैयाँ कारोबार गरेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -