बालकुमारी साकोस २२औं वर्षमा प्रवेश

भक्तपुर । मध्यपुर–थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था २२औं वर्षमा प्रवेश गरेको छ । २०५७ असोज २ गते स्थापना भएको संस्थाले शनिबार एक कार्यक्रमबीच २२औं स्थापना दिवस मनायो ।

संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न स्थापना दिवस समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले पानसमा बत्ति बाली उद्घाटन गरेका थिए । संस्थाका उपाध्यक्ष पञ्चकृष्ण श्रेष्ठले स्वागत मन्तव्य दिएको थियो भने संस्थापक अध्यक्ष जीवनहरि श्रेष्ठले संस्थाले हालसम्म गर्दै आएको गतिविधिबारे जानकारी दिएका थिए ।

संस्थाका कोषाध्यक्ष सुदीप श्रेष्ठले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि, विभिन्न सहकारी संस्थाबाट उपस्थित अध्यक्ष एवं प्रतिनिधि र शेयर सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका थिए । कोषाध्यक्ष श्रेष्ठले हालसम्म संस्थाको शेयरपूँजी १२ करोड ८४ लाख ३७ हजार ६ सय, सदस्य संख्या ५ हजार नाघेको बताए । संस्था कुल कारोबार १ अर्ब ६७ करोड ९४ लाख पुगेको पुनि कोषाध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमका अतिथि मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कुमार श्रेष्ठले बालकुमारी सहकारी भक्तपुरकै नमुना सहकारी रहेको बताए । सामाजिक, आर्थिक तथा सांस्कृतिक कार्यक्रममा लगानी गरेको स्मरण गर्दै संस्थाले मध्यपुर थिमिस्थित वनदेवी मन्दिर परिसरमा बनाइदिएको पाटीमा हालसम्म नियमित भजनकीर्तन गर्दै आएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि कँडेलले संस्थाको स्थापनाकालमा आफू नेपाल बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष रहेको बेलादेखि बालकुमारी सहकारीसँग नजिक रहेर संस्थाले गरेका प्रगतिमा उन्नतिमा साथ सहयोग गर्दै आएको बताए । बालकुमारी सहकारी स्थापनाकालदेखि राम्रो काम गर्दै आइरहेकोले संस्था हाल भक्तपुरकै राम्रो सहकारी भएको उनले बताए ।

स्थापना दिवसकै उपलक्ष्यमा शंखधरचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ९ महिला र ४९ पुरुष गरी ५८ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने रक्तदाताहरुलाई संस्थाको लोगो अंकित आकर्षक टि–सर्ट उपहार दिएका थिए ।

स्थापना दिवसकै अवसरमा स्थानीय बालकुमारी मन्दिरमा दिपावली कार्यक्रम पनि गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -