रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । ललितपुरस्थित जावलाखेलमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र रिलायन्स फाइनान्स लिमिटेडको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनी नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा आयोजित उक्त रक्तदान कार्यक्रममा महिला पुरुष गरी जम्मा ४१ जनाले रक्तदान गरेका थिए ।

रक्तदाताहरूलाई स्वयंसेवी शतक रक्तदाता कर्माचार्य र कार्यक्रमको संयोजन तथा व्यवस्थापन गरेको रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले संयुक्तरूपमा प्रशंसा–पत्र वितरण गरेका थिए ।

लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका अध्यक्ष रोशन कुमार श्रेष्ठको सभापतित्वमा सञ्चालित रक्तदान कार्यक्रममा स्वास्थ्य सेवा विभाग, नेपाल रेडक्रस सोसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकारको समेत उपस्थिति रहेको थियो । हालैमात्र लोकार्पण गरिएको ‘अठार वर्ष, पैंतालीस किलो, रक्तदान गर्न नगरौं ढिलो’ गीतले सांगीतिक गुञ्जयमान गरेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -