नयाँ प्रजिअलाई भक्तपुर चेम्बरको स्वागत

भक्तपुर । जिल्लामा खटिएर आएका नयाँ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भक्तपुर चेम्बर अफ कमर्शले सोमबार स्वागत गरेका छन् । भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले खाडा र मायाको चिनोसहित प्रजिअ शर्मालाई स्वागत गरेका थिए ।

चेम्बरका अध्यक्ष मानन्धरले उक्त अवसरमा भक्तपुर चेम्बर जिल्लाका उद्यमी व्यावसायीहरुको प्रतिनिधिमूलक संस्था भएको र उद्यमी व्यावसायीहरुको हकहित संरक्षण र प्रबर्द्धनका लागि कार्य गर्दै आइरहेको बताए । उक्त अवसरमा जिल्लाको आर्थिक, सामाजिक विकासको कार्यमा प्रशासन र भक्तपुर चेम्बर अफ कमर्शबीच सदाझै आपसी सहकार्य गर्दै अगाडि बढ्ने विषयमा छलफल भएको चेम्बरका अध्यक्ष मानन्धरले बताए ।

प्रजिअ शर्माले जिल्लाको आर्थिक, सामाजिक विकासको कार्यमा प्रशासन र चेम्बरबीच आपसी सहकार्य मजबुत हुने बताए । जिल्लालाई मुलुककै उत्कृष्ट बनाउने लक्ष्यसहित कार्य गर्ने बताउँदै सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको पनि बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बरका सल्लाहकार रोशन भोयद्यो, सदस्य गोकुलप्रसाद प्रजापति र चेम्बरका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले चेम्बरले गर्दै आएका गतिविधिबारे प्रजिअ शर्मालाई जानकारी गराएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -