परराष्ट्रमन्त्रीमा डा. खड्कालाई नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै डा. खड्कालाई मन्त्री नियुक्त गरिएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्री देउवाले कांग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न सिफारिस गरिएको हो । यसअघि सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा सहरी विकास मन्त्री भएका नवनियुक्त मन्त्रीको शपथ बुधबार शितल निवासमा गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकार बनेको ७२ दिनपछि एक जना नयाँ मन्त्री थपिन लागेका हुन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -