मध्यपुर–थिमि कांग्रेसमा प्रजापति

भक्तपुर । नेपाली कांग्रेस मध्यपुर–थिमिको नगर सभापतिमा हरिदास प्रजापति विजयी भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न मध्यपुर–थिमि नगरको निर्वाचनमा प्रजापतिले १९० मत ल्याई पूरै प्यानल विजयी भएका छन् । प्रजापतिका प्रतिद्वन्द्वी सुरेन्द्र श्रेष्ठले ८५ मत ल्याएका थिए । जम्मा ३२४ मत खसेकोमा ४९ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।

यस्तै उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापा मगर र रवि घजु, सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका छन् ।

यसैबीच नेपाली कांग्रेस सूर्यविनायकको सभापतिमा निशान ढुंगेल विजयी भएका छन् । ढुंगेलले १४५ मत ल्याउँंदा उनका प्रतिद्वन्द्वी रवि राणाले १०९ मत ल्याएका थिए ।

यता चाँगुनारायण नगरपालिकामा शिवहरि केसी सभापतिमा विजयी भएका थिए । केसीले १८८ मत ल्याउँंदा गोपाल पौडेलले ८८ मत ल्याएका थिए ।

यसअघि भक्तपुर नगरपालिकामा राजेन्द्र तमखुको प्यानल नै विजयी भएको थियो । नगर सभापतिमा निर्वाचित तमखुले ८९ मत ल्याएका थिए भने पराजित भएका राम कासुलाले ६८ मत प्राप्त गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -