मानन्धर युवाहरु संगठित हुँदै

भक्तपुर । बनेपाका जुझारु युवा नवराज मानन्धरको नेतृत्वमा ७ सदस्यीय मानन्धर सेवा समाज शनिबार गठन गरेको छ । मानन्धर समुदायभित्रको समस्यालाई सम्बोधन गर्दै समाजको हित तथा उत्थानका लागि सेवा भावले समाज गठन गरेको हो ।

समाजको उपाध्यक्षमा रोशन मानन्धर, कोषाध्यक्षमा सुदर्शन मानन्धर, सचिवमा विजय मानन्धर र सदस्यहरुमा विजयलक्ष्मी मानन्धर तथा डा. रोजी मानन्धर छनोट भएका छन् ।

‘पछिल्लो समयमा मानन्धर समुदाय निकै पछाडि छ । अब बनेपाका सबै मानन्धरहरु एकजुट भएर अगाडि बढ्छ । सबै मानन्धरहरुबीच एकले अर्कोलाई साथ र सहयोग गर्नुपर्छ,’ समाजका अध्यक्ष मानन्धरले बताए । नवगठित समूहले समग्र मानन्धर समुदाय तथा बनेपाको विकासका लागि पनि काम गर्ने उनले बताए ।

शनिबार आयोजित भेलामा संस्कृतिका अध्येता ज्ञानकाजी मानन्धर, उद्योग वाणिज्य संघ काभ्रेका निवर्तमान अध्यक्ष प्रकाश मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

यसअघि न्हुछेरत्न मानन्धरको नेतृत्वमा २१ सदस्यीय भक्तपुर जिल्ला मानन्धर युवा संघ गठन गरिएको थियो । ३ वर्षअघि भक्तपुर नगर, मध्यपुर र दधिकोट पकांडोलका ७ वटा मानन्धर समुदायको बाहुल्य भएको टोलका प्रतिनिधि सम्मिलित गराएर युवा संघ गठन गरिएको थियो । संघले जिल्लाका मानन्धर युवाहरुको क्षमता विकास कार्यक्रम, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रोत्साहन हुनेखालका कार्यक्रम गर्दै आएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -