शंखधरचोकमा दसैं–तिहार बजार मेला

मध्यपुर थिमि– बायरिलाँ टोल सुधार समितिको आयोजनामा शनिबारदेखि सुरु भएको दसैं–तिहार बजारको उद्घाटन नगरप्रमुख मदनसुन्दर श्रेष्ठले गरेका छन् ।

समितिका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, कार्यक्रम संयोजक रत्न श्रेष्ठ, उपाध्यक्ष उमेश श्रेष्ठ, वडाध्यक्ष कुमार श्रेष्ठ, विशेष अतिथि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बजार प्रबद्र्धन गर्न यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताए ।

स्थानीय व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले असोज १६ गतेदेखि कात्तिक २७ गतेसम्म दसैं–तिहार बजार सञ्चालन हुने संयोजक श्रेष्ठले जानकारी दिए ।

बजारमा प्रत्येक शनिबार सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै नेवाः खाजा परिकारहरुको स्टल राखिएको छ । त्यसैगरी कुनै पनि पसलबाट रू. १००० बराबर वा सोभन्दा बढी रकमको सामान खरिदमा उपहार कुपनको व्यवस्था आयोजकले गरेको समितिका अध्यक्ष राजेश श्रेष्ठले बताए ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -