नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखा गठन

बर्दिया– स्वयंसेवी रक्तदाता प्रेमप्रसाद लम्सालको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखा गठन गरिएको छ ।
उपाध्यक्ष सन्तोष बास्तोला, सचिव श्यामलाल थारू, कोषाध्यक्ष हिमालय त्रिपाठी र सदस्यहरूमा क्रमशः यज्ञप्रसाद नेपाल, गोपाल निरौला, उमाकुमारी मल्ल, शंकर थारू, महमोद अलि मनिहार र भोजराज बराल सर्वसम्मत चयन गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता शाखा गठन गरिएको हो । स्वयंसेवी रक्तदाताहरू संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भनी ठाकुरबाबा–१, भुरीगाउँ, बर्दिया लुम्बिनी प्रदेशमा बृहत् अन्तरक्रिया गरी नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखा गठन गरिएको हो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता लिएका प्रमाणपत्र वितरण गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -