नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम शाखा गठन

अछाम– नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरेको छ । स्वयंसेवी रक्तदाता वीरबहादुर बोहराको अध्यक्षतामा गठित शाखामा उपाध्यक्ष चेतविक्रम शाह, सचिव कृष्णबहादुर थकुल्ला, कोषाध्यक्ष जीवनबहादुर बुढा र सदस्यहरुमा क्रमशः मीनबहादुर राना, तपेन्द्र भण्डारी, जनक कडायन र हिक्मत धामी सर्वसम्मत चयन गरेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता गठित शाखाको सल्लाहकारहरुमा टक्कर शाह, उमेश कुंवर,
चन्द्रमणि भाट, गंगाबहादुर खड्का, पुष्प बिष्ट र दानबहादुर बुढा रहेका छन् ।

रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरुको सहज तवरले आपूर्ति गर्न सकिन्छ भनी साँफेबगर–४ सुदूरपश्चिम प्रदेशमा रक्तदान सम्बन्धी उत्प्रेरणार्थ अन्तरक्रिया कार्यक्रम गरी अछाम जिल्ला शाखा गठन गरिएको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -