८८ दिनपछि पूर्ण मन्त्रिपरिषद्


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । विस्तारित मन्त्रिपरिषदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्र हमाललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, कांग्रेसबाट डा. मिनेन्द्र रिजाललाई रक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानुन, न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिने भएका छन् । यसअघि कांग्रेसबाट बालकृष्ण खाँण गृह र नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरण र प्रमोद साह कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्यन, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, रामकुमार झाँक्री सहरी विकास र विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बनेका छन् । यसअघि माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल भइसकेका छन् ।

शपथ ग्रहण आज साँझसम्म हुने जानकारी प्राप्त भएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -