मिस लिटिल नेवाःहरुको भाषा र संस्कृति मोह

भक्तपुर ।भर्खरकी देखिने किशोरीले दर्शकदीर्घामा रहेका व्यक्तित्वलाई फूलको वर्षा गर्दा एक ढंगको रोमान्चित वातावरण सिर्जना भएको थियो । त्यो क्षणको सिर्जना गर्ने अरु नभएर मिस लिटिल नेवाः ११४१ ट्यालेन्ट शोकी प्रतिस्पर्धी नयना शाक्य थिइन् । काठमाडौं कान्तिपथस्थित राष्ट्रिय नाचघरको स्टेजमा कुटुम्ब व्याण्डको संगीतसँगै त्यो वातावरण बनेको थियो ।

लगत्तै १४ नम्बरकी प्रतिस्पर्धी प्रनिधि मानन्धरले अंग्रजी भाषामा शिक्षाको आवश्यकता विषयमा बोलिरहँदा सबका सब दर्शहरु मन्त्रमुग्ध थिए । त्यसमाथि १५ नम्बरकी सिचु मानन्धरको हुलाउ नृत्यमा कलःबाट फूल छर्दै, कम्मरमा रिङ घुमाउँदै थालमाथि चढेर एकैचोटी प्रस्तुती दिइरहँदा नाचघरको दृश्य हेर्न लायकको थियो । अझ बाँसुरीले मालश्री धुन बजाइसकेर प्लेकार्डमा विभिन्न जातजातिहरुको सांस्कृतिक विविधता नै राष्ट्रियता हो भन्ने सन्देश प्रवाह गरिँदा सुनमा सुगन्ध थपिएको महसुस हुन्थ्यो । त्यस्तै, सारिका श्रेष्ठले भाषा, लिपि, कला, संस्कार र संस्कृतिको महत्व विषयमा करिव ३ मिनेटको मन्तव्य राखेकी थिइन् । प्रतियोगितामा सहभागी भएका अन्य किशोरीहरुले पनि आआफ्नै ढंगले क्षमता प्रस्तुत गरेका थिए । त्यसमध्ये नेवार भाषा नजानेकी दाङकी पाँच नम्बरकी प्रतिस्पर्धी सफलताले नेपालभाषाको गीत प्रस्तुत गरेकी थिइन् । कोही मौलिक संस्कृति संरक्षण गर्नुपर्ने विचार राख्दै प्रस्तुत भएका देखिन्थे भने कोही नृत्य, गायन, चित्रकला तथा अभियन देखाउँदै थिए ।

भाषा, संस्कृति, संस्कार र ज्ञानलाई पुस्तान्तरण गर्ने उद्देश्यले नेपलिज फेसन होमले विगत १७ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दैआएको अध्यक्ष हेमा मानन्धरले बताइन् । नयाँ पुस्ताका किशोरीहरुलाई उभ्याउँदै उनीहरुभित्र सीमित रहेको क्षमता अभिवृद्धि गरी प्रस्फुटन गर्ने डबली बनाउँनकै लागि आफु नेपालमा बसेको उहाँको दाबी थियो । परिवारका अधिकांस सदस्यहरु विदेशिए पनि आफु भने समुदायको पहिचान जोगाउने अभियानमा लागेको बताइन् ।

प्रतियोगितामा मिस नेवाःकी फस्ट रनरअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पल्पसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी छ । त्यस्तै मिस नेवाः सुनिता डंगोल र नितु डंगोलले नेपाल भाषाको प्रशिक्षण दिइरहेका छन् ।

आयोजक समितिले आउँदो कात्तिक २७ गते शनिबार नाचघरमा मिस लिटिल नेवाः ११४१ को मुख्य प्रतियोगिता गर्दैछ । यसअघि प्रतिस्पर्धी किशोरीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराएको थियो ।

केके मानन्धर
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -