“२ बजे राति” को भिडियो सार्वजनिक

काठमाडौं । गायिका बुनु श्रेष्ठ र दीपक महर्जनको स्वर रहेको गीत “२ बजे राति” को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ।गीतलाई एरेन्ज मनोज राजभण्डारीले गरेका हुन् ।

सन्देश मुलक र सेण्टीमेन्टल आधुनिक गीतमा आफुलाई चिनाउन सफल गायिका बुनु श्रेष्ठले यसपालि केही फरकशैलीको गीत लिएर आएकी हुन् । दर्शक तथा स्रोताको फरक गीत मन पराउने रुचिलाई ध्यानमा राख्दै यस्तो गीत लिएर आएको गायिका श्रेष्ठले बताउनु भयो।

मेरोन राज भण्डारीको निर्देशन रहेको “२ बजे राति” गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ । गीतमा साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रण तथा मिश्रण रहेको छ भने फुर्बा तामांगले रेकड़िंग गरेका हुन् ।

भिडियोमा नबराज उप्रेतीको छायांकन र संगीत बानियाको सम्पादन रहेको छ । भिडियोमा राजिब समरको नृत्य निर्देशन रहेको छ।

भिडियोको लागि:

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -