‘प्रभु नाम’ गीतको अडियो/भिडियो सार्वजनिक

काठमाडौं । ‘प्रभु नाम’ बोलको गीतको अडियो/भिडियो सार्वजनिक भएको छ । स्टुडियो साउण्डमिलको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भजनमा बुनु श्रेष्ठको आवाज रहेको छ ।

डाक्टर गोविन्द टन्डनको शब्द तथा सजल नेउपानेको संगीत रहेको ‘प्रभु नाम’ भजनको एरेन्ज बीएन निराकार र मिसिङ मास्टरिङ महेश्वर मान राजभण्डारीको रहेको छ । गितको रेकर्डिङ फुर्बा पाख्रीन तामाङले गरेका हु

भजनको भिडियोमा गायिका श्रेष्ठले अभिनय गरेको छ । भिडियोमा क्यामेरा/एडिट तथा कलरिङको काम पशुपति श्रेष्ठको रहेको छ । भिडियोमा श्रेष्ठले एक भक्तको भूमिका निभाउनु भएको छ । एकतारे बजाउँदै भगवानको आत्मा रुपलाई महशुस गर भन्दै विभिन्न मठमन्दिरमा धाउँदै एक आध्यात्मिक सन्देश दिएकी छिन् आफ्नो आवाज र अभिनयबाट गायिका श्रेष्ठले ।

शब्दका हिसाबले पनि रचनाकार टन्डनले फरक अनुभुति गराएका छन । परम्परागत रूपमा भगवानको गुन र दोशमा आधारितभन्दा पनि भगवानलाई आत्मारुपसँग जोड्दै भगवान अनन्त निराकार रहेका र दुखी गरिबमा भगवानले बास गर्ने र ती दिन दुखीलाई सहयोग गरे यो अनन्त भवसागर तर्न सकिने भनाइ भजनमार्फत व्यक्त गर्न सफल हुनुभएको छ प्रभु नाम जप भन्दै रचनाकार डाक्टर टन्डनले ।

संगीतकार नेउपानेले पनि भजनलाई परम्परागत रूपभन्दा फरक तरिकाले प्रस्तुत गरेका छन् । विशेषत गीतलाई राजस्थानी स्वाद दिँदै नौलो तरिकाले एकतारेको राम्रो प्रयोग गरेका छन् । संगीतकार सजलले सलल बगेको पानीजस्तो सुन्दर बनेको छ भजन कम्पोज तथा अरेन्जको हिसाबले ।

भजनको भिडियो निर्माणमा सहयोग गर्ने शिलु अधिकारी, रामहरि डंगोल दुर्गा पोखरेल, शिशल श्रेष्ठ, सलिना श्रेष्ठ, मनमाया श्रेष्ठलगायत सम्पूर्णलाई विशेष धन्यवाद दिँदै भजनले आध्यात्मिक रूपमा सकारात्मक सन्देश दिने भएकोले सम्पूर्णले हेर्नूपर्ने जिकिर गर्छिन् गायिका श्रेष्ठ । आफ्नो सांगीतिक धारभन्दा फरक रूपमा प्रस्तुत भएर जोखिम मोलेको र यो भजन रेकर्ड गर्दा तथा भिडियोमा अभिनय गर्दा निकै आनन्दको महशुस भएको जानकारी गायिका श्रेष्ठले दिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -