मध्यपुर सञ्चार समाजमा साःछेँ

भक्तपुर । मध्यपुर सञ्चार समाजको दसौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशन शनिबार सम्पन्न भयो ।

चौथो अधिवेशनबाट नयाँ कार्यसमिति अध्यक्षमा बाबुकाजी साःछेँ श्रेष्ठ, उपाध्यक्ष सागर गुरागाईं, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ, सहसचिव विशेश्वर श्रेष्ठ, सदस्यहरुमा ज्ञानदेव श्रेष्ठ, कृष्णकाजी मानन्धर, ईश्वरलाल श्रेष्ठ, सुरेश ख्वाक श्रेष्ठ र महिला सदस्यमा सरिना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत निर्वाचित सदस्यहरुको नामावली निर्वाचन अधिकृत अधिवक्ता तुईलाल श्रेष्ठले घोषणा गरेका थिए ।

कार्यक्रममा थेम्मृङ पत्रकारिता पुरस्कार वितरण तथा समाजका स्नातकोत्तर उत्तीर्ण सदस्यहरुलाई शिक्षा सम्मान पनि प्रदान गरिएको थियो ।

यस वर्ष थेम्मृङ पत्रकारिता पुरस्कार अग्रज सञ्चारकर्मी प्रवीणराज जोशीलाई प्रदान गरेको थियो । विगत २४ वर्षदेखि स्टार एक्सप्रेस साप्ताहिक, २०३५ सालदेखिको श्रृङ्खला साहित्यिक मासिक र शैक्षिक मञ्च पत्रिकाका सम्पादक र प्रकाशक तथा २० वर्षदेखि मध्यपुरकै स्थायी बासिन्दा सञ्चारकर्मी जोशीलाई प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले पुरस्कार तथा सम्मान गरेका थिए । लिच्छविकालीन थिमिको नामबाट थेम्मृङ मासिक पत्रिका डेढ दशक यतादेखि निरन्तर प्रकाशित हुँदै आएको छ ।

कार्यक्रममा विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाका अध्यक्ष रामगोपाल तामखुलगायत उपस्थिति रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -