२५औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष रक्तदान

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २५ औं वार्षिकोत्सबको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय बागबजारमा एक विशेष रक्तदान एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद राज अर्यालको प्रमुख आतिथ्यतामा आयोजित उक्त विशेष कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई पस्मिनाको गलबन्दी पहराई सम्मान–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्दीपप्रसाद पाण्डेद्वारा कर्माचार्यलाई बैंकको लोगो अंकित कप प्रदान गरी सार्वजनिक रूपमा विशेष सम्मान गरिएको थियोे । नायब प्रबन्धक राज बज्राचार्यको संयोजनमा आयोजित उक्त कार्यक्रमको संचालन बैंकका नायब महाप्रबन्धक मुकुन्द सुबेदीले गरेका थिए ।

बैंकले सातै प्रदेशमा एकै साथ प्रथमपटक रक्तदान कार्यक्रमको आयोजना गरी मानव सेवामा आफ्नो समर्पण अनुकरणीय तवरले प्रस्तुत गरेको छ । केन्द्रीय कार्यालय बागबजारमा महिला पुरूष गरी १२७ जना र सातै प्रदेश गरी जम्मा ६ सय जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -