कांग्रेस सभापतिको दोस्रो चरण मतदानमा ४६७९ मत खस्यो

काठमाडौं । १४औं महाधिवेशनअन्तर्गत कांग्रेस सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । राष्ट्रियसभा गृहमा मंगलबार रातिसम्म भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको मतदानको तुलनामा मतदाताको संख्या घटेको छ । पहिलो चरणमा ४६७९ मत खसेको थियो ।

पहिलो चरणको सोमबार भएको मतदानमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदानका लागि प्रतिस्पर्धा भएको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -