प्याब्सन भक्तपुर अध्यक्षमा सुरेन्द्र

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमिति भक्तपुरको अध्यक्षमा नवरत्न स्कुल, मध्यपुर–थिमिका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको शनिबार सम्पन्न १५औं जिल्ला अधिवेशनमा दिपज्योति इङ्गलिस सेकेन्ण्डरी स्कुलका सेमन्तराज सुवेदी र अध्यक्ष श्रेष्ठबीच भएको निर्वाचनमा श्रेष्ठले ७० मत र सुवेदीले २८ मत पाएको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदमा राजन कसपाल र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको कसपाल विजयी भएका छन् । उनले ५७ मत पाए भने उनका प्रतिद्वन्द्वी कुमार श्रेष्ठले ३९ मत पाएका थिए । सचिव पदका लागि भएको निर्वाचनमा विजय कर्माचार्य विजयी भएका छन् । कर्माचार्यले ५८ मत पाए भने उनका प्रतिद्वन्द्वी डिल्लीराज जोशीले ३९ मत पाएका थिए ।

यस्तै कोषाध्यक्ष पदमा नारायणकृष्ण श्रेष्ठ र कुमार कट्टेलबीच प्रतिस्पर्धा भएकोमा श्रेष्ठ विजयी भएका छन् । उनले ५७ मत पाए भने उनका प्रतिस्पर्धी कुमार कट्टेलले ४० मत पाएका छन् । सहकोषाध्यक्ष पदमा लक्ष्मी कुटु निर्वाचित भएकी छन् । कुटुले ५५ मत पाइन् भने उनका प्रतिद्वन्द्वी टंकप्रसाद सिटौलाले ४३ मत पाएको निर्वाचन कमिटीले जनाएको छ ।

अधिवेशनले उपाध्यक्षमा विणा पाण्डे, सहसचिवमा सोमकृष्ण प्रजापति, सदस्यमा मीना महर्जन, सूर्य भण्डारी, लीलानाथ निरौला, खुल्ला सदस्यमा ईश्वरबहादुर श्रेष्ठ र देवानन्द त्वातीलाई निर्विरोध निर्वाचित गरेको थियो । महाधिवेशन प्रतिनिधिमा सानुराजा कार्कीलाई पनि निर्विरोध छनोट गरेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -