मध्यपुर थिमिमा एकैपटक तीन वटा पुस्तक विमोचन

भक्तपुर । मध्यपुर थिमिमा शनिबार एकैपटक तीन वटा पुस्तक विमोचन गरिएको छ । बुद्धिकुमार घो ‘बिगुल’ द्वारा लिखित ‘देश रोएको बेला’ र भक्तपुर सम्पर्क केन्द्रद्वारा प्रकाशित ‘शब्दचित्रभित्र हामी’ दुई वटा कविता संग्रह र कवि भक्तबहादुर नेपालीको ‘सुन्तली’ खण्डकाव्य तथा शब्दयात्रा प्रकाशन विमोचन गरिएको हो ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, साहित्यकारहरु हरि मञ्जुश्री, शान्ता श्रेष्ठ, जगदीशचन्द्र भण्डारी, डा. यज्ञश्वर निरौला, डा. देवी नेपाल, डा. कृष्णप्रसाद घिमिरेलगायतले पुस्तक संयुक्त विमोचन गरेका हुन् ।

भक्तपुर सम्पर्क केन्द्रद्वारा प्रकाशित ‘शब्दचित्रभित्र हामी’ मा ३७ जना कविहरुले आआफ्नोबारेमा लेखिएको कविता संग्रहका साथै उनीहरुका बायोडाटा पनि समावेश गरिएको छ । पुस्तकका योजनाकार डा. इन्दुल केसीले पुस्तकमा समावेश भएका कविहरुबाटै प्रतिव्यक्ति एक–एक हजार सहयोग रकम संकलन गरी कविता संग्रह प्रकाशित गरिएको बताए ।

मध्यपुर थिमि नगरपालिकाको सहयोग र शव्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -