वाग्मती प्रदेशको सचेतना कार्यक्रम शुभारम्भ

भक्तपुर । प्रदेश युवा परिषद्, वाग्मतीको आयोजनामा भक्तपुरमा चेलीबेटी बेचविखन, महिला हिंसा र जातीय तथा लैंगिक विभेदविरुद्ध तीनदिने सचेतना कार्यक्रम शुभारम्भ गरेको छ । जिल्ला विकास समिति भक्तपुरका संयोजक नवराज गेलालले जिविस हल, भक्तपुरमा कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा चेलीबेटी तथा मानव बेचविखन जघन्य अपराध भएकोले यस्तो घृणित काम रोक्न सबै निकायले पहल गर्नुपर्ने संयोजक गेलालले बताए । कार्यक्रम साफू, भक्तपुरको सहयोगमा पुस १५ देखि १७ गतेसम्म भक्तपुरमा सञ्चालन हुन लागेको हो ।

तीनदिने सचेतना कार्यक्रमका सहजकर्ता लक्ष्मी बखाद्यः हुन् । उद्घाटन सत्र प्रदेश युवा परिषद, वाग्मतीका सदस्य तथा कार्यक्रम संयोजक प्रीति श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रम संयोजक श्रेष्ठले निकट भविष्यमा नै युवा लक्षित गरी साइवर क्राइमसम्बन्धी बृहत् सचेतना कार्यक्रम आयोजना गरिने जानकारी पनि दिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -