जेष्ठ नागरिकलाई सेवा गर्दै आएका जेष्ठ नागरिकलाई सम्मान

भक्तपुर । ॐ बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई निरन्तर सेवा गर्दै आएका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
अग्रज समाज नेपाल र ॐ बृद्धाश्रम, सानोथिमिद्वारा राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मान गरिएको हो ।


अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा ॐ बृद्धाश्रमका सल्लाहकार एवं मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, अग्रज समाज नेपाल भक्तपुरका अध्यक्ष गणेशमान श्रेष्ठलगायतले जेष्ठ नागरिक बारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा विष्णुमाया पौडेल, यमुना घिमिरे, खड्गकृष्ण पोख्रेल, मोहनकुमारी पोख्रेल, रत्नकाजी प्रजापति, कुमारीलक्ष्मी भुषाल र अनिता थापामगर सम्मानित भएको अग्रज समाज नेपाल भक्तपुरका अध्यक्ष गणेशमान श्रेष्ठले इछापालाई जानकारी दिनुभयो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -