साःफु भक्तपुरद्वारा पुस्तक हस्तान्तरण

भक्तपुर । साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटीभञ्ज्याङ्गस्थित श्री ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमबीच १०४० वटा पुस्तक हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएको चर्चा गर्दै हस्तान्तरित किताबबाट ज्ञान वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साःफुले प्रदान गरेका पुस्तकहरुले विद्यार्थीहरु एवं शिक्षकवर्गलाई पनि सहायता हुने अध्यक्ष बखाद्यःले आशा व्यक्त गर्नुभयो ।

साःफुका सचिव श्यामसुन्दर श्रेष्ठले पुस्तक संकलन कार्य र प्रक्रियाबारे जानकारी दिनु हुँदै विद्यार्थीहरुको उज्वल भविष्य निर्माणमा सहयोग गर्ने सबैको प्रशंसा एवम आभार प्रकट गर्नुभयो । विद्यालयका प्रिन्सिपल तिलकराज खत्रीले पुस्तकालय नभएकोमा दुःख व्यक्त गर्नु हुँदै काठमाडौं नजिकै भएर पनि बत्तीमुनिको अँध्यारो भइरहेकोमा गुनासो पोख्नुभयो । उहाँले साःफु भक्तपुरले उपलब्ध गराएका विभिन्न विषयका पुस्तकहरुले पाटीभञ्ज्याङ्गमा ज्ञानको उज्यालो छर्ने आशा व्यक्त गर्नुभयो र पुस्तक सहयोगका लागि साःफु, भक्तपुरलाई धन्यवाद दिनुभयो ।

साःफ, भक्तपुर ‘सबैका लागि शिक्षा’ नारासहित वर्षौंदेखि सामाजिक र शैक्षिक कार्यमा सक्रिय संस्था हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -