नेकपा (एमाले) भक्तपुरको अध्यक्षमा बचन देउजा पुन: चयन

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको अध्यक्षमा बचत देउजा सर्वसम्मत चयन हुनु भएको छ ।
शनिबार सम्पन्न नेकपा (एमाले)को आठौं जिल्ला अधिवेशलने देउजालाई पुन: अध्यक्ष चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा बासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले नेकपा (एमाले), भक्तपुरको १०५ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक शिवराम तिमिल्सनाले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -