माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संक्रमण रोकथामको उपाय खोज्न आइतबार बसेको केन्द्रको बैठकले पुस २६ गतेदेखि लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको हो ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ।

अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -