भक्तपुर इन्टरनेशनल हस्पिटल ३ वर्षमा १०० बेडमा विस्तार हुने

भक्तपुर । भक्तपुर इन्टरनेशनल हस्पिटलको पहिलो साधारणसभा आइतबार सम्पन्न भयो । सभामा अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले ३ वर्षमा अस्पताललाई १०० बेडमा विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेको जानकारी दिए ।

३ वर्षभित्र आफ्नै जग्गामा भवनसहितको १०० बेड क्षमताको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यका साथ आफूहरु लागेको अध्यक्ष श्रेष्ठले बताए ।

अस्पताललाई भक्तपुरकै उत्कृष्ट बनाउँदै मुटु, हाडजोर्नी तथा नसा रोगको हब बनाउन आफूहरु लागेको सभामा अध्यक्ष श्रेष्ठले जानकारी दिए । अनाथ, असहाय, गरीब, दिनदुःखीका लागि विशेष छुट दिइँदै आएकोमा यसको दायरा अझै बढाउँदै सबैमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन निःशुल्क सेवा पनि दिइँदै आएको सभामा जानकारी गराए । साथै छिटै डायलाइसिसको सेवा पनि सुरु गर्ने सभामा जानकारी गराए ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छोटो समयमा नै अस्पतालको सेवासुविधाको प्रशंसा गर्दै बधाई तथा आवश्यक साथ र सहयोगका लागि आफू तयार भएको बताए ।

सभामा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रेमबहादुर कुटु, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका उपसभापति राकेश थापा, मध्यपुर थिमि नगरपालिका स्वास्थ्य संयोजक तथा प्रशासन प्रमुख केशव सिलवाललगायतका अतिथिले अस्पतालको प्रगतिको कामना गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -