राष्ट्रिय भारोत्तोलन प्रतियोगिता मध्यपुरथिमिमा सुरु

भक्तपुर । नेपाल भारोत्तोलन संघले आयोजना गरेको २४औं पुरुष तथा ९औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता मंगलबारदेखि मध्यपुरथिमिमा सुरु भएको छ । संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले प्रतियोगितामा युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टको एकैचोटि प्रतिस्पर्धा हुने बताए । प्रतियोगिता मध्यपुरको नयाँ थिमिस्थित थिमि बैंक्वेटको हलमा बिहान १० बजेदेखि सुरू भएको हो ।

पुस २९ गते अन्तिम खेल सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी वजन समूमा प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । विजयीमध्ये महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० वटा पदक प्रदान गरिनेछ ।

????????????????????????????????????

प्रतियोगितामा अहिलेसम्म सहभागी टिमहरु झापा, उदयपुर, मोरङ, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, सुर्खेत, बाँके,बर्दिया, कैलाली, कन्चनपुर, भक्तपुर, ललितपुर, काठमाण्डौ गरी २३ जिल्ला सहभागी रहेको पनि उनले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना पनि सामेल हुनेछ । ३० स्वर्ण, ३० रजत ३० काश्य गरी जम्मा ९० थान मेडलहरु प्रदान गरिने प्रतियोगितामा सहभागी सम्पूर्णलाई खान–बस्न र आउने–जाने खर्चसमेत आयोजकले नै ब्यहोर्ने बताइएको छ ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेको छ । संघका अध्यक्ष श्रेष्ठले जोशीलाई ताम्रपत्र प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता रामकाजी त्वातीलगायतलाई सम्मान गरिएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -