दरिलो मन !

मानव जीवनको चोला !
उकाली र ओरालीको मेला !!
बोकिहिँड्नुपर्ने बेला बेला !
समस्याले भरिएको झोला !!

नबोकी दु:खको यो झोला !
कसले पो सुख पाउला !?
नपर्ने मानिस को होला !
जे परे पनि सहिदिनुपार्ला !!

हलबिनाको समस्य के होला !
धैर्यसाथ सामना गर्नुपर्ला !!
समयले मनको घाउ पुरिदेला !!
हर समस्या आफैँ टरिजाला !!

मानिस भएरै समस्या परेको होला !
सबैलाई आफ्नै दु:ख ठूलो होला !!
नसोच विपतका साथी को होला !?
दरिलो मनले नै सधै साथ देला !!

(यो कविता कवि बुद्धिकुमार घो ‘बिगुल’को २०७८ पुस ३ गते सार्वजनिककरण गरिएको ‘देश दुखेको बेला’ कविता संग्रहबाट प्रस्तुत गरिएको छ । कवि बुद्धिकुमार घो आदर्श माध्यमिक विद्यालय, लायकू, थिमिका प्रधानाध्यापक हुनुहुन्छ ।)

बुद्धिकुमार घो ‘बिगुल’
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -