एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण

काठमाडौं— नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १७ हजार ८७२ जनामा पीसीआर र ४ हजार ९५६ जनामा एन्टिजेन गरी २२ हजार ८ सय २८ जनामा परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टायता १ जनाको मृत्यु भएको छ भने ५६२ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना रहेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -