भक्तपुर युनाइटेड जिल्ला लिग च्याम्पियन

भक्तपुर । भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन भक्तपुर युनाइटेड एफसी बनेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा मंगलबार सम्पन्न फाइनलमा भक्तपुर युनाइटेडले लोकन्थली फुटबल क्लबलाई २–१ को गोल अन्तरले जित हासिल गर्दै च्याम्पियन बनेको हो ।

खेलको सातौं मिनेटमा पेनाल्टी सुटआउटमा मनोज लामाको गोलमार्फत् भक्तपुरलाई अग्रता दिलाएका थिए । लगत्तै नवौं मिनेटमा कृष्ण गुरागाईले गोल गर्दै अग्रतालाई दोब्बर पु¥याएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा ७५ औं मिनेटमा पेनाल्टी सुटआउटमार्फत् रोहित गिरीले गोल गर्दै लोकन्थलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

जितसँगै भक्तपुर युनाइटेडले नगद ५० हजारसहित ट्रफी हात पारेका छन् । उपविजेता लोकन्थलीले नगद २५ हजार पुरस्कार पाएका छन् । सर्वोत्कृष्ट खेलाडीमा लोकन्थलीका रोहित गिरी, उत्कष्ट गोलकिपर लोकन्थलीका रिजेन हेका, सर्वाधिक गोलकर्तामा प्रतियोगिता भर ६ गोल गरेका लोकन्थलीकै आशिष थिङ, उत्कृष्ट रक्षकमा थिमि युथका समिर श्रेष्ठ, उत्कृष्ट फरवर्डामा भक्तपुर युनाइटेडका हरिश कार्की र उत्कृष्ट मिल्डफिल्डरमा विश्वविनायकका रविन कुटु बनेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -