साईबर अपराध सीमाविहिन अपराधको रुपमा फैलिइएको छ– प्रदेश सभा सांसद थापा

भक्तपुर । बागमती प्रदेश सभा सांसद माननीय शशीजंग थापाले साईबर अपराध तथा लागू औषध दुब्र्यसन सम्बन्धीको अपराध सीमाविहिन अपराधको रुपमा फैलिएको बताउनुभएको छ ।
बागमती प्रदेश युवा परिषदको आयोजना तथा बाबा बचत तथा ऋण सहकारी संस्था, मध्यपुर थिमि महिला उपसमितिको सहकार्यमा बुधबार थिमिमा आयोजित साईबर अपराध तथा लागू औषध दुब्र्यसन सम्बन्धी सचेतना कार्यक्रमको उद्घाटन गर्दै सांसद थापाले किशोर किशोरी तथा बयष्कहरु समेत साईबर अपराध र लागू औषध दुर्व्यसनको कुलतमा परेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– साइबर अपराध र लागू औषध दुर्व्यसनका कारण कुलतमा लागेका ब्यक्ति र परिवार समेतको जीवन बर्बाद भएको छ ।
नेपालमा बढ्दो साईबर अपराध र लागू औषध दुर्व्यसन नियन्त्रणका लागि प्रदेश सभामा पनि ब्यापकरुपमा बहस हुने रहेको चर्चा गर्दै उहाँले विगतको सरकारले युवा तथा खेलकूद मन्त्रालय अन्तरगत युवा परिषद नै गठन गरेर युवाहरुको ब्यक्तित्व विकास, रोजगारी सृजनालगायत अपराधिक गतिविधिबाट बच्ने बारे अभियान शुरु गरेको बताउनुभयो ।


कार्यक्रममा बाबा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानराम श्रेष्ठले सहकारीले युवा परिषदसंग सहकार्य गरेर युवालाई केन्द्रित गरी साईबर अपराध र लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रमबाट युवा तथा वयस्क समेत लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले हाम्रै घर र टोल छिमेकमा साईबर अपराध गर्ने युवाहरुको संख्या बढ्दै गएको र हात हातमा मोबाइलको प्रयोग सहज र सुविधा बढेसँंगै नजानिदो ढंगले अपराधीकरण पनि बढेको कारण यस्ता कार्यक्रमबाट अपराध न्यूनीकरणमा टेवा पुग्ने छ भन्नुभयो ।
सभापतिको आसनबाट युवा परिषदका सदस्य प्रिती श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्दै युवा परिषदले नजानिदो तवरले अपराध भएपछि समस्या समाधानको लागि कानून उपाय समेत सचेतना कार्यक्रममा सहजकर्ताहरुले प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो– गंभीर अपराध गरेपछि सजायँको भागीदार नै हुनुपर्छ तर परिषदले त्यस्तो अपराध नै नहोस् भनेर सचेतनालाई प्राथमिकता दिइएको हो ।
कार्यक्रममा स्वागत मन्तब्य दिदै बाबा साकोस महिला उप समितिका संयोजक सुवर्णलक्ष्मी जोशीले सचेतना कार्यक्रममा सहजकर्ताहरुका विज्ञताबाट सहभागीहरुलाई फाइदा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । नेपाल सरकारको मापदण्ड कायम गरी संचालन भएको कार्यक्रममा बाबा साकोस संचालक समितिका सदस्यहरु, विभिन्न उपसमितिका पदाधिकारी, पूर्व अध्यक्ष नविनप्रकाश श्रेष्ठ र ब्यवस्थापक ज्ञानेश्वर कायष्ठको पनि उपस्थिति थियो भने विभिन्न स्थानका युवाहरुको सहभागीता रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -