पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ । काठमाडौंमा अब नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैया, डिजेल र मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै हवाई इन्धनको मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब आन्तरिक इन्धनको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर वृद्धि गरी ९९५ डलर कायम गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -