सुनाकोठीको ऐतिहासिक बालकुमारी मूर्ति चोरी

भक्तपुर । ललितपुर सुनाकोठीस्थित ऐतिहासिक बालकुमारी मन्दिरको मुर्ति शनिबार राति चोरी भएको छ । करिब साढे दुई फिट अग्लो ढलौटको बालकुमारीको मूर्ति चोरी भएको छ । मन्दिरको चारवटै ढोकाको ताला फोडेर मूर्ति चोरी भएको स्थानीय स्थानीय श्याम महर्जनले बताए ।

बिहान मन्दिरमा नित्यपूजाका लागि स्थानीयवासी पुग्दा मन्दिरको चारवटै ढोका खुला भएको देखे । ढोका खुला देखेपछि मात्र मूर्ति चोरी भएको थाहा पाए । आइतबार दिनभरि नै मन्दिर परिसरमा स्थानीयवासीको भीडभाड देखिन्थ्यो ।

ललितपुर प्रहरी र स्थानीयले मूर्ति चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -