भक्तपुरका औषधि पसलमा अनुगमन

भक्तपुर । जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोली आइतबार औषधि पसलहरुमा अनुगमन गरेका छन् ।

जिल्लाको सूर्यविनायक, कमलबिनायक र दूधपाटीका औषधि फर्मा र फार्मेसीहरुमा अनुगमन गरेका थिए । टोलीले २० वटा पसलमा अनुगमन गर्दा अधिकांशमा सिटामोल नपाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए ।

जिल्ला अति आवश्यक औषधिहरुको अभाव र सिटामोलसमेत नपाइएको जनगुनासो आएपछि औषधि पसल र फार्मेसीहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दुई वटा फार्मेसीलाई थप बुझ्न औषधि विभाग पठाएको जानकारी दिए । भक्तपुरका औषधि पसिलहरुमा वितरकबाट सिटामोल पठाए नपठाएको बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -