प्याब्सनको मास्क अभियान

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमिति भक्तपुर तथा चारै वटा नगरकार्य समितिहरु मध्यपुरथिमि, सूर्यबिनायक, भक्तपुर र चंगुनारायणको संयुक्त आयोजनामा ‘मेरो मास्क तपाईको सुरक्षाका लागि–तपाईको मास्क मेरो सुरक्षाको लागि’ भन्ने नाराका साथ मास्क अभियान सञ्चालन गरेको छ ।

कोरोना महामारीको तेस्रो लहरमा जनसचेतना जगाउन प्याब्सन मास्क अभियान माघ ६ गते बिहीबारदेखि ११ गते मंगलबारसम्म सञ्चालन गरिने प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठले बताए ।

अभियानअन्तर्गत सम्पूर्ण सदस्य विद्यालयहरूले आ–आफनो विद्यालय अगाड़ी र पायक पर्ने ठाउँमा निःशुल्क मास्क वितरण गरिनेछ ।

समाजमा सचेतना फैलाउने अभियानको मुख्य उद्देश्य रहेको छ । जसअन्तर्गत मास्क लगाउनुपर्ने कारण बताउने, मास्क नलगाउनेलाई मास्क दिने/लगाउने दिने र गलत तारिकाले मास्क लगाउनेलाई सिकाउने आदि गरिने छ ।
विद्यालयले आफ्नो स्कूल भ्यानबाट प्याब्सन सचेतना सन्देशको गीत बजाउँदै आ–आफ्नो नगर परीक्रमा गरी जनसचेतना जगाउने पनि अध्यक्ष श्रेष्ठले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -