सार्बजनिक सवारीसाधनमा जोर–बिजोर हट्यो

भक्तपुर । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले शुक्रबार नयाँ आदेश जारी गरेका छन् ।

तीनै जिल्लाका प्रमुखहरुको बैठकपछि जारी गरिएको नयाँ आदेशमा निजी तथा ट्याक्सीबाहेकका सार्बजनिक सवारीसाधनमा जोर–बिजोर प्रणाली हटाइएको छ भने विद्यालय माघ मसान्तसम्म नै बन्द राख्ने निर्णय गरेका छन् ।

सवारीसाधनमा जोर–बिजोर लागू भएपछि सार्बजनिक यातायातमा यात्रुको भीड बढेको जनगुनासो आएपछि उपत्यकामा चल्ने सार्बजनिक सवारीमा उक्त व्यवस्था हटाएको हो । निजी सवारी र ट्याक्सीहरुमा भने कायमै रहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय, फिल्म हल र रात्रीकालीन व्यवसायहरु माघ मसान्तसम्म बन्द गर्ने आदेशमा उल्लेख छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -