१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस सम्पन्न

काठमाडौं । ‘रगत र रक्ततत्वहरू आवश्यकतानुसार उपलब्ध हुन जति जरुरी छ, त्योभन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न अति आवश्यक छ’ भन्ने मूल नाराका १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस शनिबार सम्पन्न भयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रममा ‘हाम्रो रगत’ नामक पत्रिकाको सामूहिक लोकार्पण पनि गरेका थिए । यसअघि रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । रक्तदानमा ३४ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार, थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गाप्रसाद पाठक, संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी, समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकाली अतिथिका रुपमा कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा–पत्र पनि वितरण गरेका थिए । रक्तदाता समाजका आजीवन सदस्य रमेशप्रसाद पाण्डेद्वारा स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन डा. घनश्याम खतिवडाले गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -