स्थानीय तहको चुनाव जेठ ४ गते

भक्तपुर । स्थानीय चुनाव २०७९ जेठ ४ गते एकैचरणमा हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच मंगलबार भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने सहमति जुटेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासँग स्थानीय तह चुनावबारे छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्री देउवाले चुनाव एकैचरणमा गर्ने गरी तयारी गर्न आयोगलाई निर्देशन दिएका छन् ।

निर्वाचन आयोगले जेठ ५ अगाडि नै चुनाव गर्न उपयुक्त हुने सल्लाह दिएका थिए । सत्तारुढ गठबन्धनले जेठ महिनाभरमा चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । यसअघि आयोगले वैशाख १२ र २२ गतेको मिति प्रस्ताव गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -