स्थानीय तहको निर्वाचन वैशाख ३० गते

भक्तपुर । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते शुक्रबार गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसअघि निर्वाचन गर्ने मितिबारे परामर्श गरेको थियो । निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गराउने प्रस्ताव गरेका थिए ।

‘निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गराउने प्रस्ताव गरेको थियो, सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय गरेको छ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -