भक्तपुर अस्पतालको अध्यक्षमा रमण कायष्ठ

भक्तपुर । भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रमण कायष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कायष्ठलाई समितको अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष कायष्ठले आइतबार पदबहाली गर्नुभएको छ । उहाँ नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका उप सभापति हुनुहुन्छ । सूर्यविनायक नगरपालिका वडा नं १, सिरूटार निवासी कायष्ठ स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्ति हुनुहुन्छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -