५६ वर्षमा पहिलो पटक रक्तदान

मध्यपुर थिमि । मध्यपुर सञ्चार समाजद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले ५६ वर्षको उमेरमा पहिलो पटक रक्तदान गरेको छ । २५–२६ वर्षमै रक्तदान गर्न जाँच गर्दा रक्तदान गर्न नमिल्ने भनेपछि त्यसवेलादेखि कहिल्यै रक्तदान नगरेको उनको तर्क छ । शनिबार साथीहरुको अनुरोधलाई मनन गर्नुका साथै जीवनमा एक पटक भएपनि रक्तदान गर्नु पर्छ भने मनमा लागेर रक्तदान गरेको श्रेष्ठले ईछापालाई भयो ।


समाजका निवर्तमान अध्यक्ष हरिबहादुर श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रममा समाजका आजीवन सदस्य एवं हाम्रो जात्राका अभियानता श्याम था श्रेष्ठबाट शुभारम्भ गरिएको रक्तदानमा ७ जना महिला र १८ जना पुरुष गरी जम्मा २५ जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल प्राविधिक सहयोग र कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाले सहकार्य रक्तदान कार्यक्रम भएको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -