प्रगतिशील लेखक संघ नेपाल भक्तपुरको अध्यक्षमा घिमिरे

भक्तपुर । प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा भक्तपुरको पाँचौं सम्मेलनबाट अध्यक्षमा गणेश घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
भक्तपुर बहुमुखी क्याम्पसमा शुक्रबार सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा रामशरण दाहाल, सचिवमा बाबुकाजी श्रेष्ठ, सहसचिवमा जयन्ता पोखरेल, कोषाध्यक्षमा छन्द विज्ञान निरौला निविरोध चयन भएका छन् । यसै गरी कार्यसमिति सदस्यहरुमा राजकुमार लामिछाने, सुशिला ढकाल, बुद्धिकुमार घो श्रेष्ठ, कमल मिश्र, नारायण राजथला, माया ढोङ, राजेश्वरी शिल्पकार, प्रदिप जामन: श्रेष्ठ, युवराज ढकाल, लक्ष्मी थापा र ईश्वरी प्रसाद शर्मा निर्वाचित भएका छन् ।


सम्मेलनमा संघले प्रगतिशील लेखक संघमा रही लामो समयसम्म योगदान दिनुहुने भक्तपुरका प्रगतिशील लेखकहरु त्रिरत्न शाक्य, कृष्णमोहन जोशी, सत्यलाल मुल, जीवनाथ अधिकारी र मनोहर लामिछानेलाई प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरीले दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा भक्तपुर अध्यक्ष डिपि ढकालको सभापतित्वमा भएको सम्मेलनमा सहभागीहरुले सामाज रुपान्तरणका लागि निरन्तार कलम चलाउँदै आएको र भविष्यमा पनि संघले सशक्त ढंगले निरन्तरता दिने बारे चर्चा गर्नु भएको थियो ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -