बालकुमारी साकोसको सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

पोखरा। मध्यपुर थिमि नगरपालिका वडा नं. ४, भक्तपुरमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्री सहकारी संघ लि. (नेफ्स्कून)को प्राविधिक सहयोगमा साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC Training) कास्कीको पोखरामा २०७८ फागुन २९ गतेबाट सुरु भई २०७८ चैत्र ३ गते सम्पन्न भएको थियो ।


जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न तालिम समापन समारोहमा साकोसका सहभागी सञ्चालकहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै पोखरासम्म आई तालिम सञ्चालन गर्न आउनु भएकोमा आभार व्यक्त गर्नु भएको थियो । उहाँले सहकारी संस्थाहरु अब नीति, विधि र प्रविधि जोड दिई सहकारी अभियानमा अघि बढ्नु पर्ने बताउनु भएको थियो ।


बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको समापन समारोहमा तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनमा उपयोगीमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाका उपाध्यक्ष पञ्चकृष्ण श्रेष्ठले स्वागत मन्तव्य र साकोसका सचिव पृथ्वीराम श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त ५ दिने तालिम नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना, वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र नेफ्स्कून पोखरा फिल्ड कार्यालयका प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले प्रशिक्षण सञ्चालन गर्नु भएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -