वरिष्ठ जनस्वास्थ्य प्रशासक मिजार सम्मानित

भक्तपुर– ४२ औं जिल्ला सभाको अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारलाई नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले सम्मान गरिएको छ ।

नेपालमा कोरोना भाइरस फैलिएको अवस्थामा पनि दिनरात नभनिकन भक्तपुर जिल्ला क्षयरोग नियन्त्रण अभियानमा निरन्तर लागिरहेका मिजारको योगदानलाई कदर गर्दै सम्मान गरिएको संस्थाले जानकारी दिनुभयो ।

संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रम प्रमुख अतिथि बागमती प्रदेशका भौतिक, योजना तथा पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले दोसला ओढाई सम्मानपत्रद्वारा मिजारलाई सम्मान गरिएको थियो । सम्मानलगत्तै मिजारले सधैं क्षयरोग नियन्त्रण अभियानमा लाग्ने र हरहमेशा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि भँडेलले ४१ वर्षसम्म क्षयरोग नियन्त्रण अभियानमा लागिरहेको र संस्था क्रियाशील भएको देख्दा मलाई खुशी लागेको बताउँदै सरकार र व्यक्तिगत तर्फबाट भक्तपुरमा क्षयरोग अन्त्यका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य महेन्द्रगोपाल कर्माचार्य, पूर्व महासचिव धनमान श्रेष्ठ र केन्द्रीय अध्यक्ष मदनकाजी श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएको थियो ।

संस्थाका सचिव सुमन श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रममा संस्था सहसचिव रत्नालक्ष्मी भैलले स्वागत गर्नुभएको थियो भने निवर्तमान सभापति राम सिख्वःले धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा सचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७८/७९ को कार्ययोजना उक्त सभाबाट सर्वसम्मत पारित गरेको थियो ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -