लायन्स क्लबद्वारा ७० परिवारलाई सहयोग

काठमाडौं– लायन्स क्लब अफ् फेलोसिप काठमाडौंले सर्लाही जिल्लास्थित मानव सेवा आश्रममा आश्रित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

क्लबले सो आश्रममा आश्रित करिब ७० परिवारलाई तीन महिनाको लागि पुग्ने चामल, दाल, चिउरा, चाउचाउ, चिनी लगायत खाद्यान्न सहयोग गरेका हुन । त्यसै गरी सल, पाइट, सर्ट आदि लत्ताकपडा सहयोग प्रदान गरेको थियो ।

लायन्स क्लब अफ् काठमाडौं फेलोसिपका अध्यक्ष सरस्वती श्रेष्ठका अनुसार आश्रममा आश्रित परिवारलाई खाद्यान्न र लत्ताकपडा आवश्यकता महसुस गरी विभिन्न आठ वटा लायन्स क्लबहरु सर्लाही जिल्ला मै पुगेर सहयोग प्रदान गरेको हो । सहयोग हस्तान्तरण गर्न लायन्स क्लब अफ् काठमाडौं फेलोसिप, लायन्स क्लब अफ् भक्तपुर दरबारस्वायर, लायन्स क्लब अफ् काठमाडौं कागेश्वरी, लायन्स क्लब अफ् बागमती, लायन्स क्लब अफ् काभ्रे बनेपा, लायन्स क्लब अफ् रामेछाप, लायन्स क्लब अफ् काठमाडौं कैलाश, लायन्स क्लब अफ् हरिवन सर्लाहीका पदाधिकारी सामाजसेवीहरु सर्लाही पुगेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा अतिथिको रुपमा लायन्स क्लब अफ् काठमाडौं फेलोसिपका संस्थापक अध्यक्ष कृष्णज्योति शाक्य, ब्यावसयिक सिप प्रशिक्षक लक्ष्मी महत, क्षेत्रीय संयोजक भरत प्रसाई लगायत स्थानीय समाजसेवीहरुको समेत उपस्थिति हरेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -